उरुग्वेका स्ट्राइकर लुइस स्वारेज फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा भेनेजुयलामाथि ४-१ को जित निकाल्दा एक गोल गरेका स्वारेजले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको नाममा रहेको रहेको २७ गोलको कीर्तिमान भंग गरेका हुन् ।
याेसँगै विश्वकप दक्षिण अमेरिकी छनोटमा स्वारेजको गोल संख्या २८ पुगेको छ ।
कतार विश्वकप २०२२ का लागि दक्षिण अमेरिकी छनोटबाट हालसम्म ब्राजिल र अर्जेन्टिनाले आफ्नो स्थान सुरक्षित गरेका छन् ।
छनोटमा १५ खेलबाट ३९ अंक जोडेको ब्राजिल तालिकाको शीर्ष तथा समान खेलबाट ३५ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छन् ।
उरुग्वे १६ खेलमा २२ अंक जोडेको उरुग्वे २२ अंक जोडेर चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।