पाँच लाख नेपालीले लगाए बुस्टर डोज

बुधबारसम्म देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रका अनुसार हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएका हुन् । 

हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात् पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले जानकारी दिइन् । 





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १९:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया