शीर्षनेता छलफल : गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीचको बुधबारको छलफल सकिएको छ । उनीहरुबीच वर्तमान गठबन्धन टुट्न नदिने सहमति भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार दिउँसो बालुवाटार पुगेका थिए । 

बुधबार दिनभर विभिन्न चरणमा छलफल भएको थियो। शीर्ष नेताहरुबीच अमेरिकी अनुदान सम्झौता (एमसिसी) सहमतिमा पास गर्ने सहमति पनि भएको छ । उसका लागि अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी भएको छ । 

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको हो । 

प्रधानमन्त्री देउवा गठबन्धन तोडेरै भए पनि एमसिसी पारित गर्ने निष्कर्षमा पुगेको राजनीतिक वृत्तमा चर्चा छ । सो सम्बन्धमा प्रचण्ड र नेपालले राखेको जिज्ञासामा देउवाले गठबन्धन तोड्ने कुनै मनसाय नरहेको स्पष्टीकरण दिएका थिए ।  





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १९:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया