आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पनि धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो  ।

अन्य प्रदेशका पहाडी भू-भागहरूका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति देशका धेरै स्थानमा मेघगर्जन/चटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा हाल देशमा पश्चिमी  वायुको प्रभाव रहेको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ६:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया