तालिबानले अफगानिस्तानकाे सत्ता हातमा लिएपछि केही विश्वविद्यालयहरूमा विद्यार्थीहरू फर्किरहेका छन् । तर, तालिबानले पुरुष र महिलालाई छुट्टाछुट्टै राखिने र शिक्षा धार्मिक सिद्धान्तमा आधारित हुने बताएको छ ।
अफगानिस्तानमा महिलाहरूलाई अझै पनि माध्यमिक विद्यालयमा जान अनुमति छैन ।
नाेबेल पुरस्कार विजेता तथा मानवअधिकार कार्यकर्ता मलाला युसुफजाईले तालिबानले धर्मकाे आड लिएर महिलालाई शिक्षा लिनबाट राेक्न नमिल्ने बताएकी छन् ।
बिबिसीसँगकाे कुराकानीमा मलालाले यस्ताे बताएकी हुन् ।
उनले भनिन्, ‘पहिले काममा जाने धेरै महिलाहरू अहिले घरमै बसिरहेका छन्, केटीहरू विद्यालय जान पर्खिरहेका छन् । के यो नयाँ शक्तिले महिला अधिकारको रक्षा गर्नेछ ? हामीलाई थाहा छ कि अफगानिस्तानको महिला फुटबल टोली, क्रिकेट टोली र रोबोटिक्स टोलीहरूले
देश छाड्नुपर्याे । किनकि अफगानिस्तानमा रहँदा उनीहरूले काम गर्न सक्दैनन् । उनीहरूले आफ्नाे करिअर समाप्त हुने डरले देश छाड्नुपर्याे ।’
मलाला पाकिस्तानकी मानवअधिकार कार्यकर्ता तथा शैक्षिक जागरण अभियन्ता हुन् । उनलाई सन् २०१२ मा तालिबानले गोली हानेको थियो । त्यो बेला उनी १५ वर्षकी थिइन् । सन् २०१४ मा मलालाले नोबेल शान्ति पुरस्कार पाएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।