ब्राजिलमा बाढी : मृतकको संख्या २८ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या २८ पुगेको छ । अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरूले जनाएका हुन् । 

उनीहरूका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो । प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्र बसेका छन् । 

उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ । 

यहाँका अधिकारीहरूले केही स्थानमा सैनिक हेलिकोप्टरहरूले उद्धार गरिरहेको बताएका छन् । केही सहायता सामग्री पनि हेलिकोप्टरहरूले पुर्‍याइरहेका बताइएको छ । उद्धारमा खटिएका अधिकारीहरुले अरु सात जना व्यक्ति हराइरहेका बताएका छन् । 

यहाँका मौसम विद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । ब्राजिलको साओपाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । -सिन्ह्वा





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १३:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया