लेक लागेर युवककाे मृत्यु
सांकेतिक तस्बिर

पाँचथरमा लेक लागेर एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका-५ टुनीबोट निवासी ३१ वर्षीय विशाल मगर रहेका छन् । मगरकाे फालेलुङ-५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।

विशाल आफ्ना भाइ विक्रम मगरसँग हिजाे(बुधबार) अपरान्हतिर भारतसँगकाे सीमा क्षेत्र आहालमा रहेकाे चाैरी गाेठतर्फ जाँदै थिए ।

हिमपात कारणले गाेठ नगई घर फर्किने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर अचानक उनी बेहाेस भएका र साेही स्थानमै उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १४:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया