त्रिभुवन विमानस्थलबाट सुन र आइफोनसहित ३ जना समातिए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याइँदै गरेको सुन र आइफोन मोबाइलसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले एक किलो १५५ ग्राम सुन र पाँचवटा आइफोनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७ का २८ वर्षीय नवराज परियार र भोटेकोसी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

प्रहरीले साह र परियारकाको साथबाट सुन र आइफोन बरामद गरेको छ भने शेर्पाका साथबाट सुन मात्रै बरामद भएको छ । साहको साथबाट चार वटा आइफोन १३ प्रो म्याक्स र ५० ग्राम सुनको दुईवटा बेरूवा औंठी र सिक्री बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै, परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स र ५० ग्राम सुनका दुइटा बेरूवा औंठी प्रहरीले बरामद गरेको छ ।

यस्तै, शेर्पाका साथबाट एक किलो ५५ ग्राम सुन बराम भएको प्रहरीको भनाइ छ । उनले बेलनाकार आधार बनाएर मलद्वारभित्र लुकाएर नेपाल भित्र्याएको अर्धठोस सुन प्रहरीले बरामद गरेको हो ।

उनीहरू हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका थिए । उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १५:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया