अमनको स्वर, अबुनको शब्दमा 'नक्कली' सार्वजनिक

अस्ट्रेलियामा रहेकी गायिका अबुन पाण्डेको प्रेमिल शब्दमा समावेश 'नक्कली' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा संगीत अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टीका दाहालको रहेको छ।

गायक अमन प्रधानको सुमधुर स्वरमा सजिएको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा प्रियाना आचार्य 'मुन्नी' गायक प्रधान बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। बुद्ध  थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।  

निकेश खड्काको निर्देशनमा भिडियोमा तयार पारिएको हो । कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल 'अमन प्रधान' मार्फत सार्वजनिक गरिएको हो । यसअघि गायक प्रधानको स्वरमा 'साझ बिहानी', 'बेबी आइ लव यु', 'हेलो' र ‘तस्बिर २’ लगायत अन्य थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । 

भिडियो





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १६:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया