सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपातले गर्दा जनजीवन कष्टकर बनेको छ । बिहीबार अपरान्हदेखि परेको हिउँ राति रोकिएको थिए । फेरि शुक्रबार बिहानैदेखि हिउँ पर्न थालेपछि जनजीवन कष्टकर हुनुका साथै भिमदत्त र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।
राजमार्गमा डेढ फिटसम्म हिउँ जमेको छ । सुदूरपश्चिममा तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । बैतडी, डडेल्धुरा,बाजुरा, अछाम, दार्चुला डोटी र बझाङ जिल्लामा हिमपात भएको हो । डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा गाडी रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र पालका अनुसार बिहीबार राति अवरुद्ध भएको सडक खुलाएर पास गरेको हो । पुनः शुक्रबार विहान देखि गाडी सडकमा रोकिएका छन् । ‘सडक अवरुद्ध भएको छ, राति गाडी पास भएका हुन् । फेरि आज बिहानदेखि हिउँ परेको हुँदा सवारीसाधन डोटीको गैरा, डडेल्धुरको साहुखर्कलगायतका क्षेत्रमा रोकिएका छन्,’ डिएसपी पालले भने ।
हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । अहिले पनि सुदूरपश्चिमका पहाडी जिल्लामा हिउँ परिरहेको छ ।
हेर्नुस् केही तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।