क्यानको साधारणसभा फागुनमा

नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक साधारणसभाको नयाँ मिति निर्धारण गरेको छ । क्यानले जारी गरेको सूचनाअनुसार साधारणसभा आगामी १३ र १४ फागुनमा धनगढीमा हुने भएको हो ।

क्यानले १४ र १५ पुसमा धनगढीमै साधारणसभाको मिति तोकेको भए पनि कार्यकाल सकिएका जिल्लाको साधारणसभा नगरी केन्द्रीय साधारणसभा गर्न लागेको भन्दै विरोध भएपछि ८ पुसमा अनिश्चितकालका लागि स्थगित गरेको थियो । 

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखा प्रतिवेदन अनुमोदन गर्नेछ भने चालू आर्थिक वर्षका लागि वार्षिक लेखापरीक्षक नियुक्त गर्नेछ । संघको आर्थिक नियमावली र कार्यविधि सम्बन्धमा पनि छलफल हुनेछ ।

नयाँ जिल्ला संघहरूलाई मान्यता दिने, केन्द्रीय समितिमा रिक्त पदहरूमा पदपूर्ति गर्ने लगायतको कार्यसूची रहने सूचनामा उल्लेख छ । सो मितिमा कोरोना महामारीका कारण भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्था भएमा भर्चुअल माध्यमबाट भए पनि साधारणसभा आयोजना गरिने क्यानले जनाएको छ ।


 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १०:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया