चीन र रुसबीच गहिरो सम्बन्ध स्थापित हुनेछ : पुटिन

बेइजिङमा आजदेखि सुरु हुन लागेकाे शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुभन्दा एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ सञ्चारमाध्यमलाई दुई देशका नेताबीचको भेटले रुस र चीनबीच पारस्परिक राजनीतिक विश्वासमा आधारित घनिष्ट सहयोग स्थापित हुने बताएका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति पुटिनले आजको चुनौतीपूर्ण विश्वमा स्थायित्वको रक्षाका लागि दुई देशले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा रुसी राष्ट्रपति पुटिनले फेब्रुअरी ४ मा बेइजिङको भ्रमण गर्नुका साथै शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

यस अवधिमा दुई देशका नेताहरूले द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विस्तृत र गहन वार्ता गर्ने बताइएकाे छ ।

गत वर्ष मात्रै सन् २०२२ मा हुने ओलम्पिकमा आफ्नो सहभागिता पुष्टि गर्ने पुटिन पहिलो विदेशी राजनीतिज्ञ हुन्।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार ११:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया