रुसमा गत २४ घण्टामा थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

रुसमा गत २४ घण्टाको अवधिमा कोरोना महामारी सुरु भएयताकै बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा रुसमा १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यो संख्या कोरोना महामारी सुरु भएयताकै बढी हो । यो अवधिमा रुसमा ६६५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोनाबाट ३ लाख ३३ हजार व्यक्तिको मृत्यु भएको छ । 

रुसमा सबैभन्दा बढी राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । 

यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।   





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १३:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया