सेन्ट्रल जोन भलिबलकाे उपाधि विजेता नेपाली महिला टोली सम्मानित

बंगलादेशमा सम्पन्न भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित सम्मान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५ लाख प्रदान गरे । २ प्रशिक्षक जनही ३ लाख र १ अफिसियल २ लाख नगदले सम्मानित भएका छन् । 

गएको पुसमा ढाका उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाली महिला टोलीले उपाधि रक्षा गरेको थियो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो । 

भलिबल टाेलीसँगै नेपाली फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र ब्याडमिन्टल खेलाडी प्रिन्स दाहाल पनि सम्मानित भए ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १३:५३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया