ए डिभिजन लिग : फेरि सर्‍याे पुलिस र च्यासलबीचको खेल

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि सरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय भएको खेल माघ २६ (बुधबार) दिउँसाे एक बजे हुने जानकारी दिएको हो । 

वर्षाका कारण दशरथ रंगशाला मैदान खराब भएपछि खेल तालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।  

यसअघि नवौं चरण अन्तर्गत पुलिस र च्यासलले माघ २ मा खेल्ने तालिका भए पनि च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएका खेल कारण स्थगित भएको थियो। 
 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १५:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया