कोरोना खोप लगाउन डकुमेन्ट अनिवार्य गरिएको छैन : स्वास्थ्य मन्त्रालय
फाइल तस्बिर

नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताएकी हुन् ।

उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेशस्तरमै भण्डार केन्द्रको व्यवस्था भएको र हुँदै गएको बताइन् । त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकतालगायतका डकुमेन्ट नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारिन् ।

'स्थानीय निकायसँगको समन्वय एकदमै बढाएको छ । कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटून भनेर खोप लगाउनका लागि नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन । तर, त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ’ उनले भनिन् ।

मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १५:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया