‘द कश्मीरवाला’ का सम्पादक फहाद शाह पक्राउ

पत्रकार फहाद शाहलाई जम्मु कश्मीर प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले फहादले सामाजिक सञ्जालमा ‘राष्ट्रविरोधी’ पोस्ट सेयर गरेको आरोप लगाएको छ ।

फहाद अनलाइन पत्रिका ‘द कश्मीरवाला’का सम्पादक हुन्।

शाहलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ।

यसबारे प्रतिक्रिया दिँदै जम्मू-कश्मीरकी पूर्वमुख्यमन्त्री तथा पिडिपी प्रमुख मेहबुबा मुफ्तीले ट्विटरमा लेखेकी छन्, ‘सत्यको पक्षमा उभिनुलाई राष्ट्रविरोधी मानिन्छ । एक असहिष्णु र तानाशाही सरकारलाई ऐना देखाउनु पनि राष्ट्रविरोधी हो । फहादको पत्रकारिता एक मुखर आवाज हो र भारत सरकारको वास्तविकतालाई जनतासामु ल्याउँछ, कति फहादलाई गिरफ्तार गर्ने?’ 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार ९:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया