फिलिपिन्सस्थित रुसी दूतावासमा आगलागी

फिलिपिन्सकाे राजधानी मनिलामा रहेकाे रुसी दूतावासकाे भवनमा आगलागी भएकाे छ ।आगलागीबाट मानवीय दुर्घटना अथवा घाइते नभएकाे रुसकाे विदेश मन्त्रालयले जनाएकाे छ । 

दूतावासका सबै कर्मचारी र उनीहरूका परिवारलाई सकुशल बाहिर निकालिएको छ ।

रुसी समाचार एजेन्सी ताशका अनुसार दूतावासमा लागेको आगो नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ आगलागी भएकाे थियाे । आगलगाी के कति कारणले भएकाे हाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे छ । 

यसभन्दा पहिला फिलिपिन्सको र्‍यापलर मिडियाले मनिलास्थित रुसी दूतावासमा आगलागी भएको सूचना दिएकाे थियाे। 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १०:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया