भारतमा काेराेना : थप १ लाख २७ हजार ९५२ संक्रमित, १ हजार ५९ जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घन्टामा थप १ लाख २७ हजार ९५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

यसैगरी थप एक हजार ५९ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा दुई लाख ३० हजार ८१४ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १३ लाख ३१ हजार ६४८ रहेकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म पाँच लाख ५५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ४ कराेड १९ लाख ५२ हजार ७१२ जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ ।

भारतमा हालसम्म काेराेनाविरुद्ध ५२.७७ प्रतिशतले पूर्ण खाेप लगाइसकेका छन् ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १०:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया