आज अभिषेक बच्चनकाे जन्मदिन, जानाैं उनकाे बारेमा केही राेचक कुरा

बलिउडका लिजेन्ड अमिताभ बच्चनका छाेरा अभिषेक बच्चनकाे आज जन्मदिन । अमिताभका छाेरा भए पनि उनका लागि फिल्म उद्योगकाे बाटो सहज थिएन । एकपछि अर्को फिल्म फ्लप भएपछि पनि अभिषेकले हार मानेनन् र अगाडि बढे । 

आखिर अभिषेक बलिउडमा आफ्नो छाप पार्न सफल भए । तपाईंहरूलाई थाहा नहुन सक्छ शताब्दीका मेगास्टार अमिताभ बच्चनका छोरा भए पनि अभिषेक बच्चन फिल्ममा आउनुअघि नै काम गर्थे । 

उनको जन्मदिनको अवसरमा उनको जीवनसँग सम्बन्धित केही रोचक कुराहरू जानौं।

अभिषेक बीमा एजेन्टको रूपमा काम गर्थे

बलिउडमा आउनुभन्दा पहिला अभिषेक बच्चन बलिउडमा एक इन्सुरेन्समा एजेन्टको रूपमा काम गर्थे । अभिनेता हुनुका साथै उनी राम्रो गायक पनि हुन् । उनले सन् २००५ मा रिलिज भएको ‘ब्लफमास्टर’  फिल्ममा एउटा गीत पनि गाएका थिए । यसबाहेक उनले र्‍याप पनि गाउँछन् ।

अभिषेककाे पहिलाे फिल्म नै फ्लप



अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट बलिउडमा डेब्यू गरेका थिए । तर, पहिलाे फिल्म नै फ्लप भयो । त्यसपछि उनलाई फिल्ममा करियर बनाउन सजिलो भएन । चार वर्षसम्म उनले अभिनय गरेका अधिकांश फिल्म फ्लप नै भए ।  यति धेरै असफलता पाउँदा पनि अभिषेक आत्तिएनन् ।

उनले ‘युवा’  र ‘गुरु’जस्ता फिल्मबाट आफ्नो क्षमता प्रमाणित गरे । हालै रिलिज भएको उनको फिल्म ‘द बिगबुल’ मा अभिषेकमा आएको परिवर्तन देखेर मानिसहरू छक्क परेका थिए।



जन्मदर्तामा लेखिएकाे नाम

अभिषेक बच्चनको जन्मदर्तामा उनको नाम निकै रोचक छ । उनकाे नाम जन्मदर्तामा ‘बाबा बच्चन’ लेखिएको छ । उनको बाल्यकालको अर्को किस्सा के छ भने अभिषेक सानाे हुँदा एक डान्स स्टेप गर्थे । चलचित्र डनको ‘खै के पान बनारसवाला’ गीतमा पनि यस्तै डान्स स्टेप लिइएको बताइन्छ ।

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने ऐश्वर्या राय र अभिषेक बच्चनलाई बलिउडमा आदर्श जोडी मानिन्छ । ऐश्वर्या सधैं हिट अभिनेत्री रहेकी छन्, तर पनि उनीहरूकाे सम्बन्धमा दरार आएको छैन । अभिषेक र ऐश्वर्या सन् २००७ मा विवाह बन्धनमा बाँधिएका थिए । अभिषेकको करिअर उतारचढावले भरिएको भए पनि व्यक्तिगत जीवनमा भने अभिषेक खुसीको जीवन बिताइरहेका छन् । उनीहरूको सन्तानकाे रूपमा छाेरी आराध्या बच्चन छिन् ।

  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १०:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया