बस र ट्रक ठाेक्किँदा आगलागी : तीन जनाकाे मृत्यु, २७ जना घाइते

सुनसरीकाे भाेक्राह नरसिंह गाउँपालिकामा शुक्रबार राति बस र ट्रक ठाेक्किँदा ३ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक ठोक्किँदा भएको दुर्घटना भएकाे हाे ।

मृत्यु हुनेहरूमा ना ५ ख २९९६ का चालक निजगढ बाराका २७ वर्षीय शेख फिरोज, ना ८ ख ८४९३ का चालक ४५ वर्षीय सरोज राई र बसका यात्रु भारत पश्चिम बंगालका २३ वर्षीय निहाल प्रधान रहेका छन् ।

बस र ट्रक ठाेक्किएपछि ट्रकबाट आगलागी सुरु भई बसमा पनि सल्किएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । तीनैजनाकाे उद्धार हुन नसक्दा मृत्यु भएकाे हाे ।

गाउँपालिकाको खुनियास्थित पूर्वपश्चिम राजमार्गमा राति करिब पौने ८ बजे दुर्घटना भएकाे थियाे ।

घाइतेहरूमध्ये १७ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १० जनाकाे विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे छ।



 

 



  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १३:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया