नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
त्यस्तै आज ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख नाघेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९ लाख ६३९ जना निको भएका छन् ।
कोरोनाका कारण थप ९ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।