मारवाडी सेवा समितिलाई पाँच महिनाको तलब दिने मन्त्री आलेको घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब मारवाडी सेवा समितिलाई दिने भएका छन् । 

मारवाडी सेवा समिति नेपालको ६९औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशालामा आयोजित निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सो घोषणा गरेका हुन् । 

मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप विस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने उनले बताए । 

‘मारवाडी सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, मन्त्री आलेले भने, ‘उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु ।’

राजनीति पेसा नभएर सेवा भएकाले आफू पनि जनताको सेवा गर्नका लागि राजनीतिमा प्रवेश गरेको मन्त्री आलेले बताए । आफूहरु हामी शासक नभई जनताको सेवक भएको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १७:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया