कञ्चनपुरमा घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

कञ्चनपुरको एक घरमा दुई भारतीय नागरिकले घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय ४० वर्षीय सन्तोष पाण्डेका परिवारका सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जानकारी दिएको छ ।
 
घरमा दुई दिनअगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुईजना भारतीय नागरिकले सबैलाई बेहोस बनाएर पाण्डेको घरमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

‘दुई दिनअघि मात्र उनको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुईजना भारतीय नागकिरले शुक्रबार राति ११ बजेतिर जन्मदिन परेको भन्दै मिठाई र केक खुवाएछन्,’ डिएसपी शाहले भने, ‘तर मिठाई र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’ 

लुटपाट गर्नेहरु भने फरार रहेको उनले बताए । ‘राति नै लुटपाट भएको रहेछ,’ डिएसपी शाहले भने, ‘प्रहरीलाई बिहान मात्र खबर गरेपछि हामी घटनास्थल पुगेका हौँ ।’ 

उनीहरुले घरबाट गरगहना र नगद लुटेको डिएसपी शाहले जानकारी दिए । लुटेराहरुको खोजिकार्य जारी रहेको उनले बताए ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १९:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया