हिमपातपछिको खप्तड (फोटो फिचर)

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड हिउँले ढाकिएको छ । बिहीबार र शुक्रबार परेको हिउँले खप्तड सेताम्मे भएको हो । ‘हिमपातपछि भू-स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ, शनिबारदेखि घाम लागेको हुँदा अझ रमाइलो देखिएको छ,’ बाजुरा खप्तड छेडेदह गाउँपलिका–१ सिंग्डाका रमेश रावलले भने ।

बिहीबार रातिदेखि परेको हिमपातले त्रिवेणीलगायत खप्तडका फाँटहरूमा दुई फिटसम्म हिउँ जमेको छ ।

बाजुरा, अछाम, बझाङ र डोटीको संगम स्थल खप्तडको त्रिवेणीमा अवस्थित त्रिवेणी मन्दिर र वरपर २२ पाटन छन् । खप्तड पर्यटकीयस्थल मात्रै नभएर खप्तड बाबाले ५५ वर्षभन्दा बढी समय तपस्या गरेको ज्ञानभूमि भएकाले पनि यो क्षेत्र धार्मिक रूपमा प्रसिद्ध छ । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ । 

यहाँको खप्तड बाबाको कुटी, सहस्रलिंग, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, गणेश मन्दिर, नागढुङ्गा, केदारढुङ्गाजस्ता धार्मिकस्थल छन् । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेला सदियौंदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । 

हिमपातपछिको खप्तड :





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १०:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया