मोटरसाइकल दुर्घटनामा सुन व्यवसायीको मृत्यु, एकजना घाइते

जिल्लाको बूढीगंगा नगरपालिका–६ बाम्का बजार नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एकजना घाइते भएका छन् ।

अछाम घर भएर बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका–४ का गगन साउँद घाइते भएको प्रहरीले जनाएको छ ।​

साउँद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ। फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप–०१–००८प ४०५० नंको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १३:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया