जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस
फाइल तस्वीर

काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । यसअघि ट्याक्सी र निजी सवारी साधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो ।

सीसीएमसीको सिफारिसपछि उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेर जोरबिजोर प्रणाली हटाउने छन् । कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सीसीएमसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

विद्यालय माघभर बन्द राख्नु नै उचित हुने निष्कर्ष सिसिएमसीले निकालेको छ । सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधिलाई सहज बनाउन सिफारिस गरेको छ ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १५:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया