हिउँमा फसेका जुम्लाका स्थानीयलाई हेलिकोप्टरमार्फत पठाइयो राहत
तस्बिर - सुरत शाही

हिमपातका कारण बाटोमै फसेका जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्ला गाउँका ५५ जनाका लागि हेलिकोप्टरमार्फत राहत पुर्‍याइएको छ । जडीबुटी  संकलनका लागि गएका उनीहरू घर आउन नपाउँदै बाक्लो हिउँ परेपछि जुम्लाको सीमाना पर्ने गाग्राको ऐडी ओडारमा फसेका थिए ।

केही मानिसहरू हिउँमा फसेको भन्ने खबरको आधारमा आज प्रदेश सरकारको सहयोगमा हेलिकोप्टरमार्फत राहत पुर्‍याइएको स्थानीय  बासिन्दा सुरतबहादुर शाहीले जानकारी  दिए । हिउँ पहिरोमा परेर तातोपानी-७ मा एक जना पुरुष र तातोपानी-८ की एक जना महिलाको  मृत्यु  भएको  उनले जानकारी  दिए ।

अत्यधिक हिमपातका कारण उद्धार गर्न समस्या भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा आवश्यक लत्ताकपडा र खाद्यान्न लगायतका सामग्री  पठाएको  जुम्लाकी प्रमुख जिल्ला  अधिकारी  विजयाकुमारी  प्रसाईलेलजानकारी दिइन् ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १५:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया