आगामी बैठकमा एमसिसीबारे निष्कर्ष निस्किन्छ : मन्त्री कार्की

कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदलाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका विषयमा गम्भीरतापूर्वक छलफल गरिएको बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी बैठकले यी सबै विषयलाई निष्कर्षमा पुर्‍याउने बताए । उनले सरकार एमसीसी चाँडो संसदबाट निष्कर्षमा पुगोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

‘त्यहाँ धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन् । चाहे संसदलाई प्रभावकारी बनाउने विषयमा होस् । चाहे एमसीसी एउटा अनुदान हो । यसलाई संसदबाट छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउने यी विषयहरुमा सकारात्मक ढंगले छलफल भएका छन । र, आगामी छलफलले यसलाई एउटा निष्कर्षमा पुर्‍याउने बुझाई मेरो छ । एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्याउने दिशामा एउटा सकारात्मक छलफल भएको छ,’ उनले भने ।

मन्त्री कार्कीले एमसीसी अनुमोदनको विषयलाई चुनावभन्दा पछाडि लैजान नहुने धारणासमेत राखे । छलफलमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीलाई निर्वाचनभन्दा पछि संसदमा पेस गर्नुपर्ने धारणा राखेका थिए ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार २०:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया