सवारीमा जोर–विजोर हट्यो, एक सातापछि भौतिक रुपमै पठनपाठन (के–के खुल्यो आदेशसहित)

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी–साधनमा लगाइएको जोर–विजोरको व्यवस्था आज मध्यरातदेखि हटाएको छ । जिल्ला प्रशासनले जारी गरेको पछिल्लो आदेशअनुसार आगामी आइतबारदेखि विद्यालय र विश्वविद्यालयमा भौतिक रुपमै पठनपाठन गर्न पाइनेछ ।

आगामी फागुन १ गतेदेखि रोकिएका परीक्षासमेत सञ्चालन गर्न सकिने, तर ती सबै कार्यका लागि कोभिड प्रोटोकलबमोजिम स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने आदेशमा भनिएको छ ।

फागुन १ गतेदेखि रात्रिकालीन व्यवसाय राति १० बजेसम्म खोल्न पाइनेछ । पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको ५० प्रतिशत वा पूर्ण खोप लगाएका एक सयजनाभन्दा बढी सहभागी नहुने गरी व्यवसाय सञ्चालन गर्न पाइनेछ । 

खेलकुदलगायतका गतिविधिमा कुल दर्शक क्षमताको ५० प्रतिशतभन्दा सहभागी गराउन नपाइने भनिएको छ । 





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार २०:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया