मन्त्री रेणु यादवलाई बर्खास्त गर्न एमालेको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । मन्त्री यादवले गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै एमालेले उनलाई हटाउन माग गरेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् । बैठकमा ओली, प्रधानमन्त्री देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोख्रेल र माओवादी नेता नारायाणकाजी श्रेष्ठ सहभागी थिए ।

गौर नरसंहार दोहोर्याउने हिंसात्मक अभिव्यक्ति दिएकाले उनलाई बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताए । गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति मानवताविरुद्धको अपराध भएको भन्दै यस्तो अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गर्नुपर्ने उनको माग थियो । 

माघ पहिलो साता रौतहटमा आयोजित कार्यक्रममा सिके राउतका कार्यकर्ताले अवरोध गरेपछि मन्त्री यादवले गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन् ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार २२:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया