बाबुराम भट्टराईको प्रचण्डप्रति टिप्पणीः भित्र खाओवाद, बाहिर माओवाद !

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई आफ्ना पुराना सहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन् । 

प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसीलाई लेखेको पत्र बाहिर आए पछि भट्टराईले यो व्यंग्य गरेका हुन् । 

उनले सामाजिक सन्जाल ट्विटरमा भित्र भित्र राष्ट्रघात र बाहिरबाहिर राष्ट्रवाद गरेको भन्दै भित्र खाओवाद र बाहिर माओवाद भएको लेखेका छन् ।

भट्टराईले लेखेका छन्, ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात !’

उनले नेपाली राजनीति जबसम्म यस्तो प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश नबन्ने पनि उल्लेख गरेका छन् । अनि उनले एमसिसी अहिले जसरी चर्चामा आएको छ, त्यसको परिणाम गम्भीर हुनसक्ने पनि उल्लेख गरेका छन् । 

उनको ट्विट– 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ७:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया