बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीनजनाको मृत्यु

रूपन्देहीको बुटवल तामनगरमा भएको कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा कारमा सवार तीनजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार थप दुईजना गम्भीर घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका–१२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान ट्रकमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृतक र घाइतेको सनाखत हुन बाँकी छ ।   






  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ९:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया