बुटवल कार दुर्घटना : मृतक तीनैजनाको परिचय खुल्यो

रूपन्देहीको बुटवलमा कार दुर्घटनामा मृत्यु हुने तीनै जनाको परिचय खुलेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन खाँणका अनुसार दुर्घटनामा बुटवल उपमहानगरपालिका-१३ का २८ वर्षीय सविन चौधरी, २६ वर्षीय गोविन्द चौधरी र कारका चालक २७ वर्षीय नविन श्रेष्ठ रहेका छन् । 

दुर्घटनामा बुटवल–१३ का २७ वर्षीय भागिरथ चौधरी र बुटवल १२ का २८ वर्षीय अनिश जिसी घाइते भएका छन् । उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतिर आउँदै गर्दा आज बिहान उनीहरूले चढेका लु ३ च ४४४२ नम्बरको कार बिग्रेर रोकिराखेको ना२ ख ९७७२ नम्बरको ट्रकमा ठोक्किएको थियो ।  






  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १०:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया