रुसमा रोकिएन कोरोना संक्रमण : २४ घण्टामा थपिए अहिलेसम्मकै बढी संक्रमित

रुसमा गत २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १ लाख ८० हजार जना संक्रमित थपिएका हुन् । 

यसअघि रुसमा एक दिनमा यति धेरै संक्रमित भेटिएका थिएनन् । हालसम्म रुसमा १ करोड २८ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा रुसमा ६६१ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३५ हजार ४१४ पुगेको छ । रुसमा कोरोनाबाट सबैभन्दा बढी राजधानी मस्को प्रभावित भएको छ ।  





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ११:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया