इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुगेको हो । यसअघि इन्स्टाग्राममा कुनै पनि व्यक्तिको फलोअर्स ४०० मिलियन पुगेको थिएन ।
३७ वर्षीय रोनाल्डोले इन्स्टाग्राममा ५०० लाई फलो गरेका छन् । यस अघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्विटरमा गरि ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।