रियल मड्रिड जाने कुनै निर्णय गरेको छैन : एमबाप्पे

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलियन एमबाप्पेले स्पेनिस क्लब रियल मड्रिड जाने कुरामा आफू सहमत भएको भन्ने हल्ला गलत रहेको बताएका छन् ।

आइतबार लिग वान अन्तर्गत लिलेमाथि ५-१ को सहज जित निकालेपछि एम्बाप्पेले आफ्नो भविष्यबारे बताएका हुन् । 

एमबाप्पे र पिएसजीबीचको सम्झौता यो सिजनको अन्त्यसँगै समाप्त हुनेछ । क्लबले एम्बाप्पेलाई सम्झौता नवीकरणका लागि दबाब दिइरहेको छ ।
 
स्पेनिस क्लबले पनि पछिल्लो सिजनदेखि नै २३ वर्षीय फ्रेन्च फरवार्डलाई भित्र्याउन प्रयास गरिरहेको छ ।
 
‘मैले अहिलेसम्म मड्रिड जानेबारे कुनै निर्णय गरेको छैन । हामी च्याम्पियन्स लिगमा मड्रिडविरुद्ध नै खेल्दैछौँ । केही फरक देखाउन म मड्रिडविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछु,’ एम्बाप्पेले भने। 

पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा रियलको सामना गर्दैछ । 

केही दिन अघि विभिन्न सञ्चारमाध्यमले एमबाप्पे स्पेन जान तयार रहेको भन्ने समाचार प्रकाशित गरेका थिए । 

एमबाप्पे सन् २०१७ मा अर्को फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आएका हुन् । गएराति भएको खेलमा टोलीलाई जित दिलाउन उनले १ गोल गरेका थिए । 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १४:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया