कोहली मानसिक रूपमा तयार छैनन् : आकाश चोपडा

भारत र वेस्ट इन्डिजबीच भएको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतीय पूर्व कप्तान विराट कोहलीको ब्याट चल्न सकेन । चार बलको सामना गरेका उनी मात्र आठ रन बनाएर आउट हुन पुगे ।
 
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा चार बलको सामना गर्दै दुई चौका प्रहार गरेका कोहलीलाई अल्जारी जोसेफले केमर रोचबाट क्याच गराएका थिए ।

यो खेलमा घरेलु टोली भारतले ६ विकेटको जित हात पार्दै तीन खेलको सिरिजमा १-० अग्रता लिएको छ । 

अहिले यो विषयलाई लिएर चर्को आलोचना भइरहेको छ । यसै सन्दर्भमा भारतीय पूर्व क्रिकेटर आकाश चोपडाले विराटको ब्याटिङमा नै प्रश्न उठाउँदै कोहली मानसिक रूपमा तयार नभएको समेत बताएका छन । 

चोपडाले क्रिकइन्फोसँगको अन्तरवार्तामा भने, ‘कोहली चार बलमै आउट हुनु आश्चर्यको विषय हो । मलाई लाग्छ कोहली मानसिक रूपमा तयार छैनन् । उनले जुन तरिकाले खेले त्यो उनको स्तर अनुसारको थिएन ।’
 
‘उनी हडबडीमा आउट हुन पुगे । कोहलीजस्तो पिच र अवस्थालाई राम्रोसँग बुझ्ने अर्को खेलाडी छैन, तर पछिल्लो समय भने उनले आफ्नो स्वभाविक लयलाई समात्न सकेका छैनन् । सायद मानसिक दवावमा परेर होला’, चोपडाले थपे ।  

पछिल्लोपटक पनि कोहलीले दक्षिण अफ्रिकाविरुद्ध तीन पारीमा ११६ रन मात्र बनाएका थिए । 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १४:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया