निर्वाचनपछि एमसिसी टेबल गर्ने प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक होलान् ?

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

योसँगै अब नेपालको राजनीतिक माहोल निर्वाचन केन्द्रित हुने भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्षले एमसिसीलाई पठाएको पत्र सार्वजनिक भएपछि राजनीति त्यतातर्फ केन्द्रित भएको थियो । 

प्रधानमन्त्री देउवा एमसिसी सकेसम्म अब २६ माघमा बस्ने संसद बैठकमा नै टेबुल गर्ने पक्षमा छन । तर, सत्तारूढ दलबाटै सहयोग पाउन नसक्दा चपेटामा परेका देउवालाई प्रचण्डले स्थानीय निर्वाचनपछि मात्रै एमसिसी संसदमा लानका लागि प्रस्ताव गरिसकेका छन् ।

आइतबार बालुवाटारमा भएको भेटमा पनि प्रचण्डको प्रस्ताव थियो-एमसिसीको विषय स्थानीय निर्वाचनपछि लैजाऔं । 

एमाले महासचिव शंकर पोखरेलले संचारकर्मीसँग प्रचण्डले निर्वाचनपछि मात्रै एमसिसी अघि बढाउन सत्तापक्ष र प्रतिपक्षले संयुक्त रूपमा एमसिसी मुख्यालयलाई आग्रह गर्ने प्रस्ताव अघि सारेको बताएका थिए ।

उनले भनेका थिए, ‘निवार्चनपछि मात्रै एमसिसी अघि बढाउन सत्तापक्ष र प्रतिपक्षले संयुक्त रुपमा एमसीसी मुख्यालयलाई आग्रह गर्ने प्रस्ताव प्रचण्डले अघि सार्नुभयो ।’



लामो समयदेखि स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने बहस चलिरहँदा निर्वाचन आयोगसँग देउवाले परामर्श गरेका थिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । 

तर, सत्तारूढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गर्‍याे ।
 
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिँदैछ ।



  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १६:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया