फ्ल्यास ब्याक : स्थानीय तहको निर्वाचन २०७४ मा कति थिए म्यादी प्रहरी ?

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन देशैभरि एकै चरणमा बैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

सरकारले स्थानीय निर्वाचन घोषणा गरेसँगै म्यादी प्रहरीको चर्चा सुरु भएको छ । राष्ट्रिय सुरक्षा समितिमा भएको छलफल अनुसार यो वर्ष म्यादी प्रहरी १ लाख आवश्यक पर्ने आंकलन गरिएको छ । 

स्थानीय तहको निर्वाचनलाई लक्षित सुरक्षा योजना अनुसार १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिएका छ । 

अघिल्लो चुनावमा दोब्बरभन्दा धेरै आवेदन 

स्थानीय तहको निर्वाचन २०७४ मा म्यादी प्रहरी निर्वाचनको लागि आवश्यकताभन्दा दोब्बर आवेदन परेको थियो । २०७४ मा स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी माग गरिएकोमा एक लाख ७२ हजार आवेदन परेको थियो । 

गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै म्यादी भर्ना गर्न आवेदन मागेको थियो । अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको अवधि ५५ दिन तोकिएको थियो। 



२०७४ मा नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि प्रदेश नम्बर १ मा १२ हजार ५५१ जना मागेकोमा ३७ हजार ६५६ जनाको आवेदन परेको थियो । 

यस्तै गरी मधेस प्रदेशमा १६ हजार ९०९ जना माग गरेकोमा ३५ हजार ७१ जना, बागमतीमा १२ हजार ८०२ जना माग गरेकामा २४ हजार १०२ जना,  गण्डकीमा ६ हजार ६५७ जना माग गरेकोमा १२ हजार आठजना, लुम्बिनीमा १४ हजार १५१ जना माग गरेकोमा ३५ हजार ७२८ जनाको आवेदन परेको थियो । 



त्यसैगरी कर्णालीमा पाँच हजार १८ जना माग गरेकामा १५ हजार ११८ जना र सुदूरपश्चिम प्रदेशमा १९ हजार २५८ जनाले आवेदन दिएका थिए ।

  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया