स्थानीय चुनावको मिति घोषणा : एमालेको स्वागत

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि यसको स्वागत गरेको छ । एमालेले सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीगरेको थियो । 

सोमबारको मन्त्रिपरिषद बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेपछि एमालेले स्वागत गरेको हो । 

सरकारको निर्णयपछि एमाले उपपमहासचिव विष्णु रिमालले भने, ‘हामी निर्वाचनकै पक्षमा भएकाले हामीलाई कुनै आपत्ति हुने कुरा भएन, यसलाई स्वागतयोग्य नै मान्नुपर्छ ।’ सरकारले गरेको निर्णयलाई निर्वाचन आयोगले अघि बढाउनेमा उनले विश्वास व्यक्त गरे । 

चुनावको मिति घोषणा गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

सरकारले निर्वाचन आयोगसँग पनि निर्वाचनबारे परामर्श गरेको थियो । आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले वैशाख ३० को मिति घोषणा गरेको हो । 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया