इंग्ल्यान्डको अन्तरिम प्रशिक्षकमा पउल कोलिङउड

पउल कोलिङउड इंग्ल्यान्ड पुरुष क्रिकेट टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले सोमबार पूर्वअलराउण्डर पउललाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको जनाएको हो । 

पउलले आगामी मार्चमा हुने वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा टोली सम्हाल्नेछन् । इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाएपछि गत हप्ता मुख्य प्रशिक्षक क्रिस सिल्भरउडलाई बर्खास्त गरेको थियो ।

इंग्ल्यान्डले एसेज सिरिज ४–० ले गुमाएको थियो । क्रिस २०१९ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा इंग्ल्यान्डले २९ टेस्ट खेल्दा १० मा जित निकाल्यो । 
 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १८:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया