धितोपत्र बोर्डको अध्यक्षका लागि ‘सर्टलिस्ट’मा परेका पाँचजना को हुन् ?

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजनाको नाम ‘सर्टलिस्ट’मा परेको छ । बोर्डले पहिलोपटक माग गरेको आवेदन रद्द गर्दै दोस्रोपटक पुनः आवेदन माग गरेको थियो । 

जसमा १५ जनाले आवेदन दिएका थिए । बोर्डको सिफारिस समितिले तीमध्ये पाँचजनाको नाम ‘सर्टलिस्ट’मा निकालेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको समितिले सर्टलिस्टमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, नीरज गिरी, कृष्णराज पोखरेल र रमेश हमालको नाम निकालेको हो ।

बोर्ड अध्यक्षका लागि मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सीताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले पनि आवेदन दिएका थिए ।

सर्टलिस्टमा परेका भट्ट राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक र कटुवाल त्रिभुवन विश्व विद्यालयका उप्राध्यापक हुन् । यस्तै, गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् भने हमाल पूर्व गैरआवासीय नेपाली हुन् ।

सर्टलिस्टमा परेका पाँचजनालाई सिफारिस समितिले अन्तरवार्ता लिएर तीनजनाको नाम छनोट गरी सिफारिस गर्छ । जसमध्ये एकजनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार २१:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया