आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश-१ को केही स्थानमा वर्षा र पूर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

‘मंगलबार दिउँसो प्रदेश-१, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ, ‘राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।’

महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।   





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार ६:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया