हिउँ खेल्न गएका गोरखाका दुई किशोर सम्पर्कविहीन भएका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ का साइला घले र वडा नम्वर २ का करन घले गएको बिहीबारदेखि सम्पर्कविहीन भएका हुन् ।
प्रहरीका अनुसार हराएका १६/१६ साइला र करन यही २० माघमा हिउँ खेल्न लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरू त्यसयता सम्पर्कमा आएका छैनन् ।
उनीहरूको खोजी कार्य तीव्र पारिएको गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए । उनले भने, ‘हराएकामध्ये करन भन्नेले मोबाइल लगेको रहेछ, तर फोन सम्पर्क हुँदैन, हामीले मोबाइल ट्रयाकिङको प्रयास गरिरहेका छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।