कर्णाली लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि माग गरेको हो ।

आयोगका अनुसार सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी पदपूर्ति गर्न लागिएको हो । 

आयोगले जारी गरेको सूचनाअनुसार सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ ८५ जना, नायव प्राविधिक सहायकतर्फ १६ जना, पशुस्वास्थ्य प्राविधिक तर्फ ६९ जना सहायक महिला विकास निरीक्षक १३ जना, कम्प्युटर अपरेटर ४ जना, अनमी ७० जना, अहेव ४८ जना, वैद्य ४ जना र ल्याब असिस्टेन्ट १० जना मागिएको छ ।

योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्नेछन् । ​अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुने आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार ८:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया