भारतमा कोरोना : संक्रमणदर निरन्तर घट्दै, मृतकको संख्या बढ्यो

भारतमा कोरोना संक्रमणदर दिनहुँ ओरालो लागे पनि मृतकको संख्यामा भने कमी आउन सकेको छैन । आइतबार ९ सय ९५ संक्रमितले ज्यान गुमाएको भारतमा पछिल्लो २४ घण्टामा भने १ हजार १८८ जनाको मृत्यु भएको छ । 

योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार पुगेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या १६ हजार कम हो ।

आइतबार भारतमा ८३ हजार ८७६ जना संक्रमित भेटिँदा १ लाख ९९ हजार व्यक्ति संक्रमणमुक्त भएका थिए । गत २४ घण्टामा १ लाख ८० हजार ४५६ व्यक्ति उपचारपछि निको भएका छन् ।

योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८ लाख नाघेको छ । हाल त्यहाँ ९ लाख ८५ हजार सक्रिय संक्रमित छन् ।  
 





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १०:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया