२५ वर्षपछि पाकिस्तान भ्रमण गर्ने अस्ट्रेलियाको टोली घोषणा

क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा पाकिस्तान भ्रमण गर्ने १८ सदस्यीय टेस्ट टोली घोषणा गरेको छ । अस्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत तीन टेस्ट, आइसिसी क्रिकेट विश्वकप सुपर लिगको तीन एकदिवसीय र एक टी-२० म्याच खेल्नेछ । सीमित ओभरको सिरिजको लागि भने अस्ट्रेलियाले टोली घोषणा गर्न बाँकी छ ।

अस्ट्रेलियाले सन् १९९८ पछि पहिलोपटक पाकिस्तान भ्रमण गर्न लागेको हो । अस्ट्रेलियाले पाकिस्तानमा अन्तिमपटक मार्क टेलरको कप्तानीमा सन् १९९८–९९ मा तीन खेलको टेस्ट सिरिज १–० ले जितेको थियो । त्यति बेला नै उसले स्टिभ वाको कप्तानीमा तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको थियो ।

अस्ट्रेलियन टेस्ट टोली : प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ (उपकप्तान), उस्मान ख्वाजा, मार्नस लाबुसेन, डेविड वार्नर, ट्राभिस हेड, जोश इंग्लिस, एलेक्स केरी, मार्कस हरिस, क्यामरन ग्रीन, जोश हेजलवुड, एश्टन अगर, स्कट बोल्यान्ड, मिचेल स्टार्क, नाथन लायन, मिचेल मार्श,माइकल निसेर र मिचेल स्विपसन । 

पाकिस्तान र अस्ट्रेलियाबीचको खेल तालिका

टेस्ट सिरिज

पहिलो टेस्ट : ४–८ मार्च, रावलपिन्डी



दोस्रो टेस्ट : १२–१६ मार्च, कराँची

तेस्रो टेस्ट : २१–२५ मार्च, लाहोर



एकदिवसीय सिरिज 

तीन खेलको एकदिवसीय सिरिजको तीनै खेल रावलपिन्डीमा हुनेछन् । 

पहिलो एकदिवसीय– २९ मार्च 

दोस्रो एकदिवसीय– ३१ मार्च 

तेस्रो एकदिवसीय– २ अप्रिल

रावलपिन्डीमा हुने एक मात्र टी-२० अन्तर्राष्ट्रिय ५ अप्रिलमा हुनेछ ।  

  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार ११:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया