‘बच्चन पाण्डे’को प्रचारका लागि ‘कपिल शर्मा सो’मा जान अक्षयले गरे इन्कार

बलिउड अभिनेता अक्षय कुमार आफ्नो नयाँ फिल्म ‘बच्चन पाण्डे’ मा प्रचारको लागि ‘द कपिल शर्मा सो’ मा नजाने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आफू उपस्थित अघिल्लो अंकमा कपिलले प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा मजाक गरेको भन्दै अक्षयले सोमा जान अस्विकार गरेका हुन् । 

मिडिया रिपोर्टका अनुसार अक्षय कपिलसँग रिसाएका छन् । र, उनले तत्काल फिल्म प्रचारको लागि ‘द कपिल शर्मा सो’ मा नजाने घोषणा गरेका हुन् । 

कुरा के थियो ? 

अक्षय अन्तिमपटक ‘अतरंगी रे’को प्रचारका लागि कपिल शर्मा सोमा पुगेका थिए । त्यसक्रममा कपिलले प्रधानमन्त्री मोदीसँग अक्षयले लिएको अन्तर्वार्ताको मजाक उडाएका थिए । २०१९ लोकसभाको समयमा अक्षयले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री कसरी आँप खान्छन् भनेर सोधेको थिए । त्यही प्रश्नलाई कपिलले आफ्नो साेमा मजाक बनाएपछि अक्षयलाई चित्त बुझेन । 

अक्षयले कपिलको ठट्टालाई सधैं मन पराउँछन् । उनले आफ्नो ठट्टाको बारेमा कहिल्यै गुनासो गरेनन् । तर, उनले प्रधानमन्त्री मोदीको विषयमा गरेको मजाकमा भने चित्त बुझेन ।

मिडिया रिपोर्टका अनुसार अक्षयले शोका निर्माताहरूलाई प्रधानमन्त्रीको विषय जोडिएको सो भाग प्रसारण नगर्न अनुरोध पनि गरेका थिए । निर्माताहरू सहमत भए पनि पछि क्लिप सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १२:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया