पाैडी खेल्ने क्रममा बेपत्ता भएका युवककाे शव फेला
प्रतिकात्मक तस्वीर

सुनकाेसी नदीमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका एक युवककाे शव फेला परेकाे छ । 

उदयपुरकाे कटारी नगरपालिका-४ का २७ वर्षीय रवीन तामाङकाे शव फेला परेकाे हाे ।

तामाङकाे शव घटनास्थलबाट करिब १६ किलाेमिटर तल कटारी नगरपालिका-१४ घुर्मी नजिक फेला परेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

तामाङ १५ माघमा सिन्धुलीकाे फिक्कल गाउँपालिका-४ खार्साङस्थित सुनकाेसी नदीमा पाैडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएसँगै इलाका प्रहरी कार्यालय कटारीकाे टाेलीले खाेजतलास गरेसँगै उनकाे शव फेला परेकाे हाे । शव परिवारलाई जिम्मा लगाइएकाे छ ।
 





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १२:४३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया